कस्तो रहला आज दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

तराई भूभागका धेरै स्थानमा आज बिहानैदेखि कुहिरो र हुस्सु लागिरहेको छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।

देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ