उज्यालो नेपालका २१ जनाको नाम राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा
थानकोट ।
राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीका २१ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सूचीबाट हटाएको भनिएको कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १७ जनाको नामसहित राष्ट्रिय परिवर्तनले सोमबार (पुस २८) समानुपातिक सूची अद्यावधिक गर्न लागेको हो ।
राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले भने, “हामी दुवै पार्टी एक भएर अब अघि बढ्ने पक्का भइसकेको छ । उहाँहरूको तर्फबाट २१ जनाको नाम हाम्रो समानुपातिक सूचीमा थप्दै छौँ ।”
उज्यालो नेपाल पार्टीसँग एकता गरेरै जाने हिसाबले सांगठनिक संरचना, जिम्मेवारी सबै विषयमाथि सोमबार नै टुंगो लगाइने पनि उनले बताए ।














