प्रतिनिधि सभा सदस्य निर्वाचनः समानुपातिक सूचीमा रहेका ५० जना उमेदवारले नाम फिर्ता लिए
थानकोट।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा रहेका तीनजना उमेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
नाम फिर्ता लिनेहरूमा विजयसिंह लामा (आदिवासी जनजाति), अंशु सिंह (मधेसी महिला) र ठाकुरप्रसाद शर्मा रहेका छन् ।
हालसम्म समानुपातिकको बन्द सूचीबाट ५० जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले सोमबार (पुस २८) का लागि समानुपातिकतर्फका उमेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने तालिका निर्धारण गरेको थियो । जसअनुसार सोमबार दिउँसो सवा २ बजेसम्म ५० जना उमेदवारहरूले आफ्नो नाम फिर्ता लिनका लागि आयोगमा निवेदन दिएका हुन् ।














