गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी नियुक्त

Thankot Times

थानकोट ।

गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई संस्थानकाे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका प्रमुख स्वकीय उद्धवप्रसाद भट्टराईले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुस २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘‘गोरखापत्र संस्थानको अध्यक्ष पदमा  श्री  गोविन्दप्रसाद भण्डारी, भक्त्तपुरलाई तोक्ने ।’’  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सो निर्णय भएको हो ।

लामो समय निजी मिडियाको नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरेका पत्रकार भण्डारी यसअघि अन्नपूर्ण पोष्टको प्रधान सम्पादकको जिम्मेवारीमा रहेका थिए ।

पत्रकार भण्डारी कान्तिपुर दैनिकको विभिन्न विभागको नेतृत्वदायी भूमिकामा रहेर १८ वर्षसम्म काम गरेका थिए । पत्रकार भण्डारीको  ‘समाचारको भाषा’, ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ जस्ता कृति प्रकाशित छन्। ‘समाचारको भाषा’ पत्रकारिता र समाचारको भाषासँग सम्बन्धित कृति हो । ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ उपन्यास कृति हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ