कांग्रेस केन्द्रीय कार्य समिति बैठक मङ्गलबार बस्ने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

मङ्गलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुलाई उपस्थित हुन निर्देशन गरिएको छ । 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे अग्रसरतामा आइतबारदेखि काठमाडाैँकाे भृकुटीमण्डपमा दाेस्राे विशेष महाधिवेशन जारी छ । 

याे सहित समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बाेलाइएकाे बुझिएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *