एन्फाको निर्वाचन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

Thankot Times

थानकोट ।

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कृपासुर कार्कीको एक इजलासले सोमबार एन्फाको निर्वाचनसम्बन्धी कुनै पनि कार्य नगर्नु नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

“उमेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचन सम्बन्धीको अन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी विपक्षीको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।

एन्फाले आगामी माघ २८ गते निर्वाचन हुने तालिका सार्वजनिक गरेको थियो । अदालतले दुवै पक्षको छलफलका लागि आगामी माघ ६ गते पेसी तोकिएको छ ।

अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद्लाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा आगामी असार ४ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेकाले अग्रिम चुनाव नगर्न आदेश माग गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *