रास्वपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने अभ्यासलाई यो निर्वाचनमा प्रत्यक्षतर्फ लागू नगर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने अभ्यासलाई यो निर्वाचनमा प्रत्यक्षतर्फ लागू नगर्ने भएको छ ।

पार्टी एकताका कारण प्राइमरी इलेक्सन सम्भव नभएपछि रास्वपा पनि पुरानै दलहरूको ढर्रामा फर्किएको हो ।

रास्वपाले डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उम्मेदवार सिफारिस समिति गठन गरेको थियो । उक्त समितिको आज बसेको बैठकले उम्मेदवार छनोटको विधि तय गरेको स्रोतले बताएको छ ।

जसअनुसार अन्य दलहरूमा जस्तै रास्वपामा पनि क्षेत्र र जिल्लाबाट उम्मेदवार सिफारिस गर्नुपर्ने भएको छ । क्षेत्रीय र जिल्ला समितिबाट आएका नामहरूलाई एकत्रित गरेर छनोट समितिले उम्मेदवारहरूको सिफारिस गर्ने बुझिएको छ ।

रास्वपाले यसअघि आकांक्षीहरुको आवेदन पनि मागेको थियो । गत २६ पुससम्म तोकिएको म्यादभित्र सयौँको संख्यामा आवेदन परेका छन् ।

मापदण्डभित्र रहेर आवेदन आएकाहरूलाई पनि छनोट समितिले अध्ययन गर्ने बुझिएको छ । यसअघि नै केही क्षेत्रबाट विभिन्न नेताहरूलाई सिफारिस गर्ने क्रम सुरु भइसकेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *