पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबलः रिब्स र गोल्डेन फ्लावरको विजयी सुरुवात

Thankot Times

थानकोट ।

पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा द चाँदबाग स्कुलले सोमबार जित हात पारेको छ ।

आयोजक केएमसीको कोर्टमा चाँदबागले हिमालीलाई २८–२० ले पराजित गर्‍यो । चाँदबागका अमौलिका खड्काले १० स्कोर गरिन् । सोही स्पर्धामा सिस्का थापाको १२ स्कोरमा डिफेन्डिङ च्याम्पियन रिब्सले बालदीक्षा सदनलाई २४–१५ ले हरायो ।

सिनियर ब्वाइजमा बालदीक्षा सदनले आयोजक केएमसी ‘बी’ लाई २९–१५, सेवा सदनले ग्रिन लन्सलाई २६–२०, भीएस निकेतनले नेपाल सेन्ट्रललाई २९–१७ र गोल्डेनपिकले काठमाडौं जेभियर्स पब्लिकलाई ६०–४५ स्कोरले हराए । बालदीक्षाका जेसन श्रेष्ठले १३, सेवासदनका अभिषेक राईले १२, भीएस निकेतनका आरोन कक्षपतिले १३ र गोल्डेनपिकका विजय तामाङले २२ स्कोर गरे ।

जुनियर ब्वाइजमा हिमालीले काठमाडौं शिक्षालयलाई १८–१०, गोल्डेन फ्लावरले ह्वाइटफिल्डलाई १३–८ र गोलडेनपिकले नेपाल सेन्ट्रललाई १७–१० स्कोरले पन्छाए । हिमालीका सविन तामाङले ६, गोल्डेन फ्लावरका इसाजेश तामाङले १० र गोल्डेनपिकका प्रजिम मगरले ६ स्कोर बटुले । मंगलबार समूह चरणका ९ खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *