प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

Thankot Times

थानकोट ।

अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले यसअघि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रहेका रावललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

रावललाई प्रधानमन्त्री कार्कीकै प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस सल्लाहकार नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

रावललाई राज्यमन्त्री सरहको सुविधासहित प्रेस सल्लाहकार नियुक्त गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ