कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो । 

बैठकका लागि नेताहरू पार्टी मुख्यालय सानेपामा भेला भएका थिए । तर  अबेरसाँझसम्म पनि बैठक सुरु हुन सकेन । 

संस्थापन र संस्थापनइतर समूहबीच सहमतिका लागि वार्ता र छलफल चलिरहेका कारण अब केन्द्रीय समिति बैठक भोलि बिहान ८ बजे बस्ने भएको छ । 

आज रातभरमा सहमति जुटाउने दाबी नेताहरूले गरिरहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *