पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबलः गोल्डेन फ्लावर क्वार्टरफाइनलमा

Thankot Times

थानकोट ।

मार्वलस र भीएस निकेतन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनल पुगेका छन् ।

मार्वलसले ग्रिनलन्सलाई २७–१६ स्कोरले पराजित गर्‍यो । मार्वलसका सिनेप शाहीले ८ स्कोर गरे । एक खेलअगावै मार्वलस समूह ‘सी’ बाट क्वाटरफाइनल पुग्यो । यो समूहबाट सेवा सदन पनि क्वाटरफाइनलमा पुगिसकेको छ । मार्वलस र सेवा सदनबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।

आरोन कक्षपतिको १० स्कोरमा भीएस निकेतनले माइलस्टोनलाई २४–१८ स्कोरले हराएर समूह ‘बी’ को विजेता बन्यो । हारका बावजुद माइलस्टोन उपविजेता हुँदै अगाडि बढ्यो ।

केएमसी स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमै गोल्डेनपिकले गोदावरी रेसिडेन्सियलबाट वाकओभर पाएर समूह ‘डी’ को विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गर्‍यो । काठमाडौं जेभियर्स पब्लिक स्कुल यो समूहको उपविजेता हो ।

आयोजक केएमसी ‘बी’ ले आफ्नै ‘ए’ टोलीलाई ३१–२० ले हराएर समूह ‘ए’ को विजेता क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । यो समूहबाट बालदीक्षा सदन विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ ।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड र ग्रिन लन्स क्वाटरफाइनल पुगेका छन् । ग्रिनफिल्डले ओम ज्ञान मन्दिरबाट वाकओभर पायो भने ग्रिन लन्सले गोल्डेन फ्लावरलाई २२–१२ ले हरायो ।

ग्रिनफिल्ड समूह ‘ए’ तथा ग्रिन समूह ‘बी’ को विजेता भएर क्वाटरफाइनलमा पुगे ।

ग्रिनका रिक मगरले ११ स्कोर गरे ।

गोल्डेन फ्लावर पनि समूह उपविजेता भएर क्वाटरफाइनलमा पुग्न सफल रह्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *