साफ महिला फुटसल च्याम्पियनसिपः नेपाल र श्रीलंकाले २-२ गोल गर्दै १-१ अंक बाँडे
थानकोट ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग २–२ को बराबरीमा राेकिएकाे छ ।
मंगलबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपाललले पहिलो हाफमा लिएको २–१ को अग्रतालाई जोगाउन सकेन ।
नेपालले खेलको पहिलो मिनेटमै गोल व्यहोरेको थियो । तर, मनिषा थापामगर र विमला चौधरीले गोल गरेपछि नेपाल पहिलो हाफमा २–१ ले अगाडि बढेको थियो । श्रीलंकाले दोस्रो हाफमा गोल गर्दै अंक खोस्यो ।
यो नतिजासँगै दुवै टोलीको एक–एक अंक भएको छ । अब नेपालले बिहीबार आफ्नो दोस्रो खेलमा बिहीबार माल्दिभ्ससँग खेल्नेछ । सोही दिन श्रीलंकाले पाकिस्तानको सामना गर्नेछ ।
मंगलबार नै सम्पन्न खेलमा भारतले माल्दिभ्सविरुद्ध ११–१ को एकतर्फी जित दर्ता गर्दा पाकिस्तान र भुटान १–१ को बराबरीमा रोकिएका थिए ।















