पूर्वराष्ट्रपति भण्डारीद्वारा नागढुंगा सुरुङ मार्गको अवलोकन (फोटो फिचर)

Thankot Times

थानकोट ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागढुंगा सुरूङ मार्गको अवलोकन गरेकी छन् ।

बुधबार बिहान उनले चन्द्रागिरि नगरपालिकास्थित सुरुङ मार्ग अवलोकन गरेकी हुन्  ।

सो क्रममा ईन्जिनियर गजेन्द्रकुमार थपलिया लगायत आयोजना पक्ष तथा निर्माण कम्पनीका प्रतिनिधिहरूले पूर्व राष्ट्रपति भण्डारी समक्ष सुरुङ मार्गको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

राष्ट्रिय गौरवको यस आयोजनाले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सहज बनाउने अपेक्षा गरिएको छ।

तस्बिरः राजकुमार राई, थानकोट टाइम्स


Leave a Reply

Your email address will not be published. Required fields are marked *