नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महंगो
थानकोट ।
बुधबार नेपाली बजारमा सुनको भाउले ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
हिजो मंगलबारको तुलनामा सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ हजार ५ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ७८ हजार कायम भएको छ।
नेपाली बजारमा सुनको मूल्य यो हालसम्मकै उच्च हो।
बुधबार चाँदी भाउमा पनि वृद्धि भएको छ । यस दिन चाँदी प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
ए आईबाट सृजित तस्बिर















