राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबको विजयी शुरुआत, काँक्रेबिहार क्लब ३–१ ले स्तब्ध

Thankot Times

थानकोट ।

राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबले विजयी शुरुआत गरेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा फ्रेन्ड्सले काँक्रेबिहार क्लबलाई ३–१ गोलले हरायो ।

फ्रेन्ड्सका प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईंले गोल गरे । काँक्रेबिहारले एक गोल उपहारका रूपमा पायो ।

प्रतियोगिताको दोस्रो खेलमा अहिले एन्फा कम्प्लेक्समा श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल चलिरहेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि शुरू भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कुल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ