ग्लोबल आइएमईले गर्यो सातै प्रदेशमा रक्तदान कार्यक्रम
थानकोट ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
ग्लोबल आइएमई बैंक पुस १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
यस कार्यक्रमअन्तर्गत, कोसी प्रदेशको तीनपैनी शाखा, मधेस प्रदेशको बर्दिवास शाखा, वाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ रक्तदाताहरुले रक्तदान गरेका छन् ।
















