नेकपा र रामुपानेको एकता पक्षधरबीच एकता

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच एकता भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एकता घोषणा सभामा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) संयोजक सुमन सायमीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

शासकीय स्वरूप र निर्वाचन प्रणालीमा जनमुखी सुधार गर्न, आवश्यकताअनुसार संविधान संशोधन गर्ने , राज्यका सबै अंगहरूमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व अनिवार्य रूपमा कार्यान्वयन गर्ने लगायत ६ बुँदे सहमति भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *