साफ महिला फुटसल च्याम्पियनसिप: पहिलो जितको खोजीमा नेपाल

Thankot Times

थानकोट ।

नेपालले दक्षिण एसियाली फुटसल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसपमा आज माल्दिभ्ससँग खेल्दै छ ।

खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि सम्पन्न पहिलो खेलमा श्रीलंकासँग २/२ को बराबरी गरेको थियो ।

माल्दिभ्स पनि पहिलो जितको खोजीमा छ । माल्दिभ्सले यसअघि सम्पन्न पहिलो खेलमा भारतसँग १/११ को हार व्यहोरेको थियो ।

खेल थाइल्यान्डको नोन्थबुरी रंगशालामा नेपाली समयानुसार दिउँसो ३ः१५ बजे हुनेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनमा यो साफकै इतिहासमा पहिलोपटक आयोजना भएको हो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्स गरी सातवटा राष्ट्रको सहभागिता छ ।

‘सिङगल राउन्ड रोबिन’मा सञ्चालन हुने यो प्रतियोगिताको शीर्ष टोलीले उपाधि उचाल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ