जनकपुरबाट चुनावी अभियान थाल्दै बालेन

Thankot Times

थानकोट ।

रास्वपामा प्रवेश गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिँदै छन् ।

आउँदो ५ गतेबाट चुनाव केन्द्रित यात्रामा निस्किने उनको तयारी छ ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गर्दै बालेनलाई चुनावी अभियानमा लैजान आँटेको हो ।

उनी एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ बाट उठ्न उम्मेदवार बन्न लागेका छन् । औपचारिक घोषणा भने भइसकेको छैन । बालेनको चुनावी अभियान मधेसबाटै सुरु हुने भएको छ ।

आगामी ५ माघमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट बालेनले आफ्नो दौडाहा सुरु गर्न लागेका हुन् । जनकपुरमा पहिलो पटक बालेन र रास्वपा सभापति रवि लामिछाने सँगै उपस्थित हुने कार्यक्रम तय भएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने भन्दै उनले फेसबुकमा पोस्ट गरेका छन् ।

जनकपुरधामको कार्यक्रमपश्चात बालेन आफ्नो सम्भावित चुनावी क्षेत्र झापा ५ मा जानेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ