आजदेखि नगद कारोबारमा नयाँ नियम लागु, ५ लाख रुपैयाँभन्दा बढीको कारोबार अनिवार्य रूपमा बैंकमार्फत

Thankot Times

थानकोट ।

आजदेखि पैसाको कारोबार शैलीमा फेरबदल भएको छ। सरकारलेबक मात्र गर्ने गरी नयाँ प्रावधान ल्याएको हो।

नगद कारोबारमा कडाइ गर्ने निर्णय गत मङ्सिर १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित भएसँगै आजदेखि कार्यान्वयनमा आएको हो।

सरकारले एक दशकअघिदेखि नै नगद कारोबारमा सीमा लगाउँदै आएको छ। २०७३ चैत १० गते राजपत्रमा सूचना जारी गरी पहिलो पटक नगद कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो। उक्त व्यवस्था २०७४ साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो।

सोही व्यवस्था अनुसार हिजोसम्म १० लाख रुपैयाँसम्मको कारोबार नगदमा गर्न पाइन्थ्यो। तर, आजदेखि त्यो सीमा आधा घटेर ५ लाख रुपैयाँमा सीमित भएको छ। अब ५ लाख वा सोभन्दा बढी मूल्यको कुनै पनि वस्तु तथा सेवा खरिद-बिक्री गर्दा नगदमा भुक्तानी गर्न पाइने छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ