साफ महिला फूटसलमा नेपालको ऐतिहासिक जित, माल्दिभ्स ५-० ले स्तब्ध
थानकोट ।
साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक जित निकालेको छ ।
बिहीबार दिउँसो भएको खेलमा माल्दिभ्सलाई ५-० गोलले हराउँदै नेपालले महिला फूटसलको इतिहासमा पहिलो जित हासिल गरेको हो ।
थाइल्याण्डको बैंककस्थित भएको खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानाले दुई गोल गर्दा बिमला चौधरी र मनिषा थापा मगरले समान एक-एक गोल गरे ।
नेपालले एक गोल उपहार पाएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।
अब नेपालले तेस्रो खेलमा शनिबार भारतको सामना गर्नेछ ।















