नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट प्रशिक्षकमा अस्ट्रेलियाका इयान हार्भे
थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट कोचमा अस्ट्रेलियाका पूर्वखेलाडी इयान हार्भेलाई नियुक्त गरेको छ ।
क्यानले बिहीबार (माघ १) मा एक सूचना जारी गर्दै हार्भेलाई बलिङ कन्सलटेन्ट कोचमा नियुक्त गरिएको जानकारी दिएको हो ।
यससँगै आगामी टी-२० विश्वकपको तयारी गरिरहेको नेपाली टोलीले नयाँ बलिङ कन्सलटेन्ट कोच पाएको छ ।
५३ वर्षीय अस्ट्रेलियाका पूर्वअलराउन्डर हार्भेले अस्ट्रेलियाका लागि ७३ एकदिवसीय अन्तर्राष्ट्रियमा ७१५ रन बनाएका छन् भने बलिङतर्फ समान खेलमा ८५ विकेट लिएका छन् ।















