आज दिनभर माैसम कस्तो रहला ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा आज आंशिक बदली हुने भएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ ।
कोसी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहने बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।















