सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Thankot Times

थानकोट ।

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार २०० र त्यति नै चाँदीको मूल्य रु पाँच हजार ६४५ कायम भएको छ। बिहीबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो।

बुधबार एक तोला सुन रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मूल्य रु पाँच हजार ६५५ मा कारोबार भएको थियो। मंगलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मूल्य रु पाँच हजार ३४० मा कारोबार भएको थियो।

गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ