एमालेले रिक्त ५ उम्मेदवारको नाम आयोगमा पठायो, धादिङका शर्मालाई अवसर

Thankot Times

थानकोट ।

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले समानुपातिक प्रणालीबाट नाम फिर्ता लिएका ५ जनाको ठाउँमा पूर्ति गरेर निर्वाचन आयोगमा पेश भएको छ ।

एमाले स्रोतका अनुसार धादिङका लक्ष्मणकुमार शर्मा, इलामकी सरस्वती राई, रौतहटकी सरस्वती कुमारी, मकवानपुरका मेम्बरबहादुर लो र बैतडीका महादेव भट्टलाई समानुपातिक बन्द सूचीअन्तर्गत विभिन्न क्लष्टरको उम्मेदवार बनाइएको हो ।

उक्त सूचीबाट पाल्पाकी हिरुसरा राना, नुवाकोटका विजय लोप्चन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुफकुमार बास्तोला र बझाङका लालबहादुर रावलले नाम फिर्ता लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *