नागढुंगाबाट समातिए २५ वर्षीय कृष्ण
थानकत्रट ।
चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुङ्गाबाट एक जना युवा पक्राउ परेका छन् ।
काठमाडाैं उपत्यका प्रहरी कार्यालयका अनुसार धनगढीदेखि काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कैलालि घोडाघोडी नगरपालिका वडा नं.५ बस्ने करिब २५ को कृष्ण बहादुर कुवँरलाई शंका लागी चेकजाँच गर्दा उनले प्लाष्टिकले बेरी आफ्नो ज्याकेटको खल्तिमा लुकाई छिपाई गरि ल्याएको अवस्थामा प्रतिबन्धित लागु औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मान्यता प्राप्त तराजुमा तौल गर्दा कुँवरको साथबाट ६ (छ) ग्राम सो पदार्थ फेला परेको हो।
उनीमाथि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको बताइएको छ ।
















