आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटः वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित

Thankot Times

थानकोट ।

नेपालले आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटअगाडिको आफ्नो अन्तिम वार्म अप खेलमा अमेरिकासँग ६ विकेटको पराजय व्यहोरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १३७ रनको लक्ष्य अमेरिकाले पाँच बल बाँकी रहँदा चार विकेट गुमाउँदै पूरा गर्‍यो । 

अमेरिकाका लागि चेतना पगड्यालाले ४६ बलमा अविजित ५६ रनको योगदान गरिन् । यसैगरी, इसानी वाघेला २०, ऋतु सिंहले अविजित १९, एला क्लारिजले १४ र कप्तान अदितिबा चुडासमाले १३ रन बनाए । नेपालका लागि  रिया शर्मा, सुमन विष्ट र रुविना क्षेत्रीले एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले विन्दु रावलले २७, सम्झना खड्काले २४, कविता जोशीले २०, रोम थापाले १९ र पूजा महतोले १७ रन बनाए । अमेरिकाका लागि तरनुम चोपडाले तीन, सैनावी कम्बालापल्लीले दुई तथा गीतिका कोदली र ऋतु सिंहले एक–एक विकेट लिए । 

यसअघि नेपालले पहिलो वार्म अप खेलमा पनि आयरल्यान्डसँग ९९ रनले परजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *