नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न १० कम्पनीको इच्छा

Thankot Times

थानकोट ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनका निम्ति १० कम्पनीका तर्फबाट आवेदन दिइएको छ ।

गएको पुस ३० गतेसम्म आवेदन दिने म्यादमा १० कम्पनी इच्छुक देखिएका आयोजनाले जनाएको छ ।

सुरुङमार्ग सञ्चालनका निम्ति इच्छुक कम्पनीमा सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड र स्वच्छन्द निर्माण सेवा प्रालिको जेभी सेग्मेन्टल–स्वच्छन्द, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि र गान्सु हेङतोङ रोड एन्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेड (जेभी) काष्ठमण्डप–गान्सु हेङतोङ, कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालि (केएसएनएस–अल्टिनोक–बीसीपीएल) जेभी छन् ।

यस्तै, एसएक्सआरबी–ब्राइट बुल जेभी (सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड र ब्राइट बुल निर्माण सेवा), जेटीसीजी–दान्फे जेभी (जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि), बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स संयुक्त उपक्रम (बावरी कन्स्ट्रक्सन प्रालि र टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड), ईएमएसएल–पीएससीपीएल जेभी छन् ।

ईएमएसएल–पीएससीपीएल जेभी (एल्सामेक्स मर्मत सेवा लिमिटेड र पशुपति शिवाजी कन्स्ट्रक्सन प्रालि), समानान्तर–सीएफएचईसी जेभी (समानान्तर निर्माण सेवा प्रालि र चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड), युजिन–एआरटी जेभी (चोङछिङ युजिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र एआरटी कन्स्ट्रक्सन), वेदान्शी–रांकेन संयुक्त उपक्रम (वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेड र रांकेन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड) रहेको आयोजनाका इन्जिनियर सन्जय पन्थीले जानकारी दिए ।

गएको कात्तिक १६ गते पहिलोपटक ४५ दिनको म्याद दिएर टेन्डर आह्वान गरिएको थियो । सुरुमा प्रस्ताव परेन । त्यसपछि आवेदन दिन सक्ने म्याद पुस ३० सम्म लम्ब्याइएको थियो ।

अब कम्पनीको मूल्यांकन गरिने र त्यसनिम्ति करिब एक महिनाको समय लाग्ने पन्थीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *