चन्द्रागिरि नमुना क्लबको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सुरु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नमुना क्लवको आयोजनामा आज (शनिबार) देखि आन्तरिक ब्यडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

माघ ५ गते सम्म संचालन हुने प्रतियोगितामा ३४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी खेलाडीहरू समुह ए र समुह बी गरि दुई समुहमा राखिएका छन्।

जसअनुसार समुह ए मा १६ र समुह बी मा १८ जना खेलाडी रहेका छन् ।

प्रतियोगिता अन्तर्गतका खेलहरू चन्द्रागिरि नगरपालिका-७ स्थित नमुनाबस्तीमा रहेको ब्याडमिन्टन कोर्टमा सञ्चालन हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *