राष्ट्रिय लिग फुटबलमा आर्मी र चित्लाङ विजयी

Thankot Times

थानकोट ।

राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र चित्लाङ फुटबल क्बल विजयी भएका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० गोलले हराएको हो ।

यस्तै आजै एन्फा कम्प्लेक्स ललितपुरमा भएको पहिलो खेलमा चित्लाङले नव जनजागृति क्लबलाई २–१ गोलले हरायो । आजै हुने तेश्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल दशरथ रङ्गशालामा बेलुकी साढे ६ बजे शुरु हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *