फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ ।

पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *