प्रतिनिधि सभा सदस्य निर्वाचनः श्रमिक नेतालाई टिकट दिन एमालेले पत्यायो, कांग्रेसले पत्याउला ?

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनका लागि मिति नजिकिँदै गर्दा राजनैतिक दलहरूले उम्मेदवारहरूको टुंगो लगाउने क्रम जारी छ ।

आगामी मंगलबार (माघ ६) उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यतालिका छ ।

विभिन्न निर्वाचन क्षेत्रहरूमा उम्मेदवारका आकांक्षीहरूको संख्या धेरै हुँदा टिकट पाउन नेताहरूले भगिरथ प्रयास गरिरहेका छन् ।

यसैबीच चन्द्रागिरि नगरपालिका ०४ थानकोटका रैथाने विनोद श्रेष्ठ आसन्न चुनावका लागि काठमाडाैं क्षेत्र नं. १० मा नेकपा एमालेबाट उम्मेदवार बनेपछि नेपाली काँग्रेसले यस क्षेत्रमा योगेन्द्र कुमार कुँवरलाई टिकट दिन्छ कि दिन्न भन्ने विषयमा फरक कोणबाट चर्चा चुलिएको छ ।

श्रेष्ठ एमाले सम्बद्ध ट्रेड युनियन जी-फन्टका केन्द्रीय अध्यक्ष हुन् । कुँवर नेपाल काँग्रेस सम्बद्ध ट्रेड युनियनका केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय श्रम संगठनका सदस्य हुन् ।

रोचक कुरा के छ भने श्रेष्ठ र कुँवर छिमेकीसमेत हुन् ।

काँग्रेसमा कुँवरसहित ६ जनाले यस क्षेत्रमा टिकटका लागि लबिङ गरिरहेका छन् ।

काठमाडाैं क्षेत्र नंं १० मा कांग्रेसबाट योगेन्द्र कुँवरसहित ६ जनाको दाबेदारी, मंगलबार नाम टुंगो लाग्ने

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *