सुनको मूल्य निरन्तर उकालो लाग्दै

Thankot Times

थानकोट ।

विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ । 

गत शुक्रबार दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ६२५ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ६४५ मा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ