टी-२० महिला विश्वकप छनाेट: आयरल्यान्ड, नेदरल्यान्ड्स, थाइल्याण्ड र बंगलादेशले जिते पहिलो खेल

Thankot Times

थानकोट ।

नेदरल्यान्ड्स, आयरल्यान्ड, थाइल्याण्ड र बंगलादेशले आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल क्लालिफायरमा विजयी सुरुवात गरेका छन् ।

आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले जिम्बाब्वेविरुद्ध २२ रनको जित निकाल्यो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १०० रन बनायो ।

जिम्बाब्वेका लागि न्याशा ग्वान्जुराले २७, चिएड्जा धुरुरुले १६, क्रिस्टबेल चाटोन्ज्वाले अविजित १५ र मोडेस्टर मुपाचिक्वाले १२ रन बनाए । नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिंगले २ तथा आइरिस ज्विलिंग, रोबिन रिजके, क्यारोलिन डे लान्गे र फ्रेडरिक ओभरडिकले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १९ ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्ड्सका लागि फेबी मोल्केनबोअरले २७, स्टेरे कालिसले २६, रोबिन रिजकेले १५, सान्या खुरानाले अविजित १३ र फ्रेडरिक ओभरडिकले १२ रन बनाए ।

जिम्बाब्वेका लागि क्रिस्टेबेल चाटोन्ज्वाले ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ५ विकेट लिइन् । यसैगरी, कुडजाई चिगोरा, जोसेफिन एनकोमो, अड्रे माज्विशाया र लिन्डोकुहले माभेरोको नाममा १–१ विकेट रह्यो ।


आयरल्यान्डले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ४१ रनको सहज जित निकाल्दै आईसीसी महिला टी– २० विश्वकपको ग्लाबल क्वालिफायरमा सुखद सुरुवात गरेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आयरल्यान्डले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याएको पीएनजीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो ।

पीएनजीका लागि होलन डोरिगाले १९, इसाबेल टुआले अविजित १६, कोनियो ओलाले १६, सिबोना लुसी जिमीले १५, कप्तान ब्रेन्डा टाउले १३ र हेनाओ थोमसले अविजित १० रन बनाए ।

आयरल्यान्डका लागि अर्लीन केलीले २ तथा अलाना डालजेल, जेन म्याग्वायर, लोरा डेलानी र एमी म्याग्वायरले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो ।

ओर्ला प्रेन्डरगास्टले ४४ बलमा ४ चौका र २ छक्काको मद्दतले सर्वाधिक ५६ रनको योदान गरिन् ।

त्यसैगरी कप्तान गेबी लुइसले ४२, लेह पउलले १६, लोरा डेलानी १२ र रेबेका स्टोकेलले १० रन बनाए ।

पीएनजीका लागि हाने ताउले ४ तथा माइरी टम र पाउके सियाका १–१ विकेट लिए ।

आइतबारै सम्पन्न अन्य खेलमा थाइल्यान्डले नेपाललाई ८ विकेट, बंगलादेशले अमेरिकालाई २१ रन तथा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई २२ रनले पराजित गरे ।


बंगलादेशले आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल छनोटमा विजयी सुरुवात गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बंगलादेशले अमेरिकाविरुद्ध २१ रनको जित निकाल्यो ।

बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेटको गुमाउँदै १३७ रन बनायो ।

अमेरिकाका लागि चेतना रेड्डी पग्ड्याला ३६, ऋतु सिंहले ३३, माही माधवनले १२ र तरनुम चोपडाले १० रन बनाए । बंगलादेशका लागि नादिया अख्तरले ४, ऋतु मोनीले ३ र राबेया खातुनले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि शर्मिन अख्तरले ३९ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरिन् । त्यसैगरी शोभना मोस्टारीले ३२, जुइरिया फिरदौस र दिलारा अख्तरले १७–१७ तथा शोर्ना अख्तरले १६ रन बनाए ।

अमेरिकाका लागि माही माधवनले ३ र इसानी वाघेलाले २ विकेट लिए ।


नाथकन चन्थमको अर्धशतकमा थाइल्यान्डले आईसीसी महिला टी– २० विश्वकप ग्लोबल क्वालिफायरको पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

थाइल्यान्डका लागि चन्थमले ३९ बलमा ९ चौका र १ छक्काको मद्दतले अविजित ५७ रनको योगदान गरिन् । यसैगरी नान्नापत कोन्चारोएनकाईले ३२ र अपिसरा सुवान्चोरथीले २८ रन बनाए ।

नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि विन्दु रावलले ४४, सम्झना खड्काले २६ र उपकप्तान पूजा महतोले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

थाइल्यान्डका लागि थिपाचा पुथावोङले ४, ओनिचा कामचोम्फुले ४ तथा चनिदा सुथिरुआङ, सुलीपोर्न लाओमी र सुनिदा चतुरंगरत्नले १–१ विकेट लिए ।

अब नेपालले बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ । थाइल्यान्डले मंगलबार नेदरल्यान्ड्ससँगै प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *