बलम्बु अस्पतालमा उपचाररत प्रधानन्यायाधीश राउत घर फर्किए
थानकोट ।
प्रधानन्यायाधीश प्रकासमानसिंह राउत अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रधानन्यायाधीश राउत बिरामी परेका कारण एक सातादेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत थिए ।
उनको पित्तथैलीमा समस्या देखिएका कारण अस्पतालमा भर्ना गरिएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले प्रधानन्यायाधीश राउतको शनिबार डिस्चार्ज भएको जानकारी दिए ।
‘‘सम्माननीयज्यूको हिजो (शनिबार) डिस्चार्ज भयो । डिस्चार्ज भए पनि केही दिन चिकित्सकको निगरानीमा रहनुपर्ने भन्ने बुझिएको छ,’’ प्रवक्ता कोइरालाले भने, ‘‘अरु त्यस्तो केही छैन ।’’
















