प्रतिनिधि सभा सदस्य निर्वाचनः गोरखा-२ बाट चुनाव लड्ने डा. बाबुराम भट्टराईको घोषणा

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदावरी दिने घोषणा गरेका छन् ।

आइतबार (माघ ४) डा. भट्टराईले पार्टीका साथी, मतदाता, शुभचिन्तकको जोडबलले आफूले उमेदवारी दिने भएको उल्लेख गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उमेदवारी दिन लागेका हुन् ।

“गोरखा-२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आगामी आम निर्वाचनमा गोरखा-२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्न ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,” भट्टराईले फेसबुकमा लेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *