रास्वपाको चुनावी सभा आज जनकपुरमा, रवि र बालेनले सम्बोधन गर्दै
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट चुनावी सभा सुरु गर्दै छ ।
जनकपुरबाट रास्वपाले चुनावी सभा सुरु गर्न लागेको हो ।
रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् ।
आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लगायत नेताहरू जनकपुर पुगेका हुन् ।
तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्ने तालिका छ ।














