सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान
थानकोट ।
स्थानीय बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड बनेको छ ।
सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य तोलाको ५ हजार ८१० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।















