युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

Thankot Times

थानकोट ।

कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।

मन्त्री गुप्ताले राजीनामा दिने निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र हाल प्रक्रिया अगाडि बढिरहेको प्रशासनलाई बताएका छन्।

पछिल्लो समय अमेरिका भ्रमणसम्बन्धी विषयलाई लिएर उनी विवादमा तानिएका थिए।

उक्त विषयमा आलोचना बढ्दै गएपछि मन्त्री गुप्ताप्रति प्रधानमन्त्रीसमेत असन्तुष्ट रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *