विशेष महाधिवेशनमा कीर्ते हस्ताक्षर भएको भन्दै सांसद् श्रेष्ठको आपत्ति

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको गत साता सम्पन्न दोश्रो विशेष महाधिवेशनका पक्षमा आफ्नो हस्ताक्षर कीर्ते गरेको भेटिएको भन्दै बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठले गम्भीर आपत्ति जनाएकी छन् ।

सोमबार दिउँसो सामाजिक सञ्जालमा लेख्दै सांसद् श्रेष्ठले आफु उपस्थिति नै नभएको महाधिवेशनमा उपस्थित भएको भन्दै दस्तखत गरिएको पाइएको भन्दै उनले सो कार्य गर्ने जो कोहीमाथि हदैसम्मको कारबाहीको माग गरेकी हुन् ।

यस्तै, बागमती प्रदेश सभा सदस्य पुकार महर्जन, योगेन्द्र कुमार कुँवर, अधिवक्ता लक्ष्मीदेवी रावल, विष्णुमान मानन्धर, चन्द्रबहादुर गोपाली, सिर्जना श्रेष्ठ, दिपेन्द्र आचार्य, दिलमाया जीआर, विकास बस्नेतले समेत नेपाली कांग्रेसको विशेष महाधिवेशनका दाैरान आफ्नो दस्तखत कीर्ते गरिएको भन्दै आपत्ति जनाएका छन् । 

कांग्रेस विशेष महाधिवेशनमा आफ्नो दस्तखत कीर्ते भएको भन्दै काठमाडाैं क्षेत्र नं. १० का महाधिवेशन प्रतिनिधिहरूले उपलब्ध गराएको विवरण थानकोट टाइम्ससँग सुरक्षित छ ।

यस्तो छ सांसद् श्रेष्ठको फेसबुक पोष्ट:


Leave a Reply

Your email address will not be published. Required fields are marked *