पोखराबाट समातिए दुर्गा प्रसाईं
थानकोट ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार (माघ ५) दिउँसो उनलाई पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नवीन कार्कीले जानकारी दिए ।
आइतबार (माघ ४) निर्वाचन आयोगले प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।
नेपाली कांग्रेको विशेष महाधिवेशनका सन्दर्भमा उनले आयोगलाई जोडेर भ्रामक सूचना फैलाएको आरोप छ ।
















