बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साताबाट

Thankot Times

थानकोट ।

बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ ।

ललितपुर महांकाल गाउँपालिकाको सहयोग तथा महांकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ ।

प्रतियोगिताका सबै खेल महांकाल वडा ४ को वागभैरव प्राविधिक माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख ५० हजार ५५, उपविजेताले ७५ हजार ५५५ तथा तेस्रो हुनेले ३५ हजार ५५५ पाउनेछन् ।

चौथो स्थानमा रहने टोलीलाई २० हजार ५५ प्रदान गरिने प्रतियोगिताका संयोजक लाल बहादुर स्याङ्तानले जानकारी दिए ।

क्लबका अध्यक्ष डम्बरबहादुर स्याङ्तानले प्रतियोगितामा सहभागिता जनाउन सात हजार ५ सय रुपैयाँ शुल्क लाग्ने बताए । प्रतियोगितामा सहभागिता जनाउन फागुन ४ गतेसम्म टिम दर्ता गर्न सकिनेछ ।

अध्यक्ष स्याङ्तानले यसअघि ह्यान्डबल र सेपाताक्रो आयोजना गर्दै आए पनि यसपटक भलिबल हुन लागेको जानकारी गराए ।

प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने र हरेक टिममा १० जना खेलाडी रहने बताइएको छ । जसमा हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका दुई खेलाडी समावेश गर्न पाउनेछन् ।

महांकाल भलिबल क्लबका कप्तान दार्जे तामाङले आयोजकको टिम खुला छनोटबाट गरिने बताए ।

खुला छनोट १६ देखि १८ माघसम्म हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *