प्रतिनिधि सभा सदस्य निर्वाचन, काठमाडौंमा कहाँ-कहाँ हुनेछ मनोनयन दर्ता ?
थानकोट ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि (माघ ६) उमेदवारी दर्ता हुँदैछ ।
निर्वाचन आयोगले बिहान ६ बजेदेखि १० बजेसम्म उमेदवारी दर्ताको समय तोकेको हो ।
निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुनेछ ।
काठमाडौंमा सबै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने जिल्ला निर्वाचन काठमाडौंका अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।
“उमेदवारी मनोनयनका लागि सबै ठाउँमा तयारी अवस्थामा हुनुहुन्छ । बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता हुन्छ,” उनले भने ।
काठमाडाैंका निर्वाचन क्षेत्रः
क्षेत्र नम्बर-१ नयाँ बानेश्वर
क्षेत्र नम्बर-२ कागेश्वरी मनोहरा
क्षेत्र नम्बर-३ गोकर्णेश्वर नगरपालिका
क्षेत्र नम्बर-४ बूढानीलकण्ठ
क्षेत्र नम्बर-५ टोखा
क्षेत्र नम्बर-६ तारकेश्वर
क्षेत्र नम्बर-७ बालाजु जुडो हल
क्षेत्र नम्बर-८ नागार्जुन नगरपालिका भवन
क्षेत्र नम्बर-९ चन्द्रागिरि नगरपालिका भवन
क्षेत्र नम्बर-१० कीर्तिपुर देवढोका
















