प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपा उमेदवार चयन

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको उमेदवार टुंग्याएको छ ।

रास्वपाका अनुसार, काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ राजु पाण्डेले रास्वपाबाट टिकट पाएका छन् ।

काठमाडौं–४ पुकार बम र ५ मा सस्मित पोखरेल उमेदवार बनेका छन् ।

रास्वपाले काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डीपी अर्याल (डोलप्रसाद), काठमाडौं–१० प्रदीप विष्टलाई टिकट दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *