प्रतिनिधि सभा सदस्य निर्वाचनः कांग्रेसले ‘दुलाहा’ टुंगो नलाग्दै जन्ती बोलायो !
थानकोट ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज मंगलबार देशभर उमेदवारको मनोनयनको तालिका रहेको छ ।
अधिकांश दलहरूले उमेदवार टुंगो लगाएपछि मनोनयनका लागि तयारी गरिरहेका छन् ।
नेपाली कांग्रेसले काठमाडाैं लगायत देशका विभिन्न निर्वाचन क्षेत्रमा उमेदवार अझै टुंगो लगाउन सकेको छैन् । यद्यपी, सो दलका क्षेत्रीय समितिहरूले मनोनयनका लागि भने समय र स्थान आह्वान गरिसकेका छन् ।
कतिपयले सामाजीक सञ्जालमा कांग्रेसले दुलाहा छान्न सकेन, जन्ती बोलायो भन्दै कटाक्ष गरिरहेका छन् ।














