चन्द्रागिरि नगरपालिका भवन प्रवेशमा आज कडाइ गरिने
थानकोट ।
बलम्बुस्थित चन्द्रागिरि नगरपालिका भवन प्रवेशमा आज कडाइ गरिने भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि आज उमेदवारको मनोनयनको कार्यतालिका रहेको र काठमाडाैं क्षेत्र नंं ९ को निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका भवनमा भएका कारण मंगलबार नगरपालिका भवनमा सुरक्षा सतर्कतासहित सेवाग्राहीको नगरपालिका भवनमा पहुँच दिइने निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन् ।
हामीले विभिन्न सुरक्षा निकायसँग समन्वय गरि मंगलबारका लागि नगरपालिका भवनमा प्रवेश गर्न चाहने सेवाग्राहीहरूको विषयमा छलफल गरिसकेका छाैं, उनले सोमबार भनिन् ।
चन्द्रागिरि नगरमा अहिले सशस्त्र प्रहरी बलको २४सै घण्टा तैनाथी रहेको छ ।
मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगरपालिका प्रहरी बलले समेत निर्वाचन कार्यक्रममा सहजीकरण गर्ने बुझिएको छ ।
फागुन २१ का लागि तय भएको निर्वाचन अवधिभर सशस्त्र प्रहरी बलले चन्द्रागिरि नगरपालिका भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा दिनेछ ।
















