नेपाली बजारमा सुनको मूल्य नयाँ बिन्दुमा
थानकोट ।
नेपाली बजारमा सुनको भाउमा नयाँ कीर्तिमान बन्ने क्रम जारी रहेको छ।
अघिल्लो दिनको तुलनामा आज मंगलबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ ।
त्यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८ सय ८० रुपैयाँ पुगेको छ ।















