नेपाल पहिलो अभ्यास खेलमा श्रीलंका ‘ए’ सँग पराजित

Thankot Times

थानकोट ।

नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा ६ विकेटको पराजय व्यहोरेको छ ।

मंगलबार नेपालले प्रस्तुत गरेको १८६ रनको लक्ष्य श्रीलंका ‘ए’ ले १८ ओभरमा ४ विकट गुमाउँदै पूरा गर्‍यो ।श्रीलंकाका लागि लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाए । यसैगरी, नुवानिदु फर्नान्डोले ३८ तथा सहान अराकिगेले अविजित ३३ रन जोडे ।

नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८५ रनको योगफल तयार पारेको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ४२ बलमा ६१ रनको योगदान गरे । यसैगरी आरिफ शेखले ४२ र कप्तान रोहित पौडेलले ३१ रन बनाए

आईसीसी टी– २० विश्वकपको तयारीमा रहेको नेपाल र श्रीलंका ‘ए’ बीचको दोस्रो खेल बिहीबार हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *