कांग्रेसले प्रत्यक्षमा उठायो ११ जना महिला उम्मेदवार, काठमाडाैं ८ मा राजभण्डारी, ९ मा बास्तोला

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ महिला उम्मेदवार बनाएको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले ११ महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका हुन् ।

उम्मेदवार बनेका मध्य ६ जना पार्टीको केन्द्रमा राजनीति गरेका छन् । निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, तथा पार्टीको केन्द्रीय समितिमा काम गरेकाहरू सरिता प्रसाई, सुशीला थिङ, किरण यादव, सपना राजभण्डारी, नानु बास्तोला छन् । ११ जनामध्य प्रसाई, यादव, थिङ, उपाध्याय, राजभण्डारी र कुसुमदेवी थापा मगर पूर्वसांसद पनि हुन् ।

निवर्तमान संसद्मा थिङ कांग्रेसको सचेतक थिइन् भने थापा मगर प्रतिनिधिसभाको कृषि समिति सभापति थिइन् ।

१ झापा २ सरिता प्रसाईं

२ झापा ५ मन्धरा चिमरिया

३ महोत्तरी ३ किरण यादव

४ सिराहा ४ चन्द्रकलाकुमारी यादव

५ सिन्धुली २ सुशीला थिङ

६ मकवानपुर १ महालक्ष्मी उपाध्याय ‘डिना’

७ काठमाडौँ ८ सपना राजभण्डारी

८ काठमाडौँ ९ नानु बास्तोला

९ चितवन २ मिनाकुमारी खरेल

१० रुकुमपूर्व कुसुमदेवी थापा मगर

११ दैलेख १ वासना थापा


Leave a Reply

Your email address will not be published. Required fields are marked *