अदालतको पत्रपछि एन्फाको चुनावी कार्यक्रम स्थगित

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को चुनावी कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ ।

एन्फा निर्वाचन समितिको मंगलबार बसेको बैठकले तत्कालका लागि एन्फाको चुनावी कार्यक्रम स्थगित गरिएको जानकारी एन्फालाई गराएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

एन्फाको यही माघ २८ गतेका लागि तोकिएको चुनाव उच्च अदालत पाटनले माघ ४ गते प्रक्रियालाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

यसबारे माघ ६ मा निर्वाचन समितिलाई पत्र प्राप्त भएकोले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

एन्फाको चुनावी साधारण सभा र निर्वाचन यही माघ २८ गते झापामा गर्ने तय गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *